१९७४ एडीले सार्वजनिक गर्याे कन्सर्टको ‘लिस्ट’, मंसिर २३ गते पोखरामा
काठमाडाैं | मंसिर ३, २०८०
काठमाडौँ: लोकप्रिय ब्यान्ड १९७४ एडी लामो समयपछि गुञ्जने भएको छ । नोभेम्बर १९ देखि दार्जिलिङको खर्साङमा हुने 'द फाइन ट्रि फेस्टिभल'बाट सुरु हुने कन्सर्टको ‘मिनी टुर लिस्ट’ नै सार्वजनिक भएको छ ।
ब्यान्डका भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रियन प्रधान र फ्लुटिस्ट मनोज सिंह कन्सर्टका लागि अमेरिकाबाट नेपाल आइसकेका छन् ।
नेपालमा रहेका संस्थापक तथा बेसिस्ट निराकार याकथुम्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित ब्यान्डका सबै सदस्य मिलेर कन्सर्टका लागि अभ्यास गरिसकेका छन् ।
खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधाबी, डिसेम्बर ९ मा पोखरा (मंसिर २३ गते ), डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने बताइएको छ ।
सन् १९९४ मा झम्सिखेलबाट स्थापना भएको १९७४ एडीले ९ एल्बम निकालिसक्यो । ब्यान्डका थुप्रै गीत दर्शकको मन मुटूमा बस्न सफल छन् ।
त्यसमध्ये ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जङ्गी निशान’, ‘पिँजडाको सुँगा’ ‘सम्झी बस्छु’, ’मुटु भरि भरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिँड्दा हिँड्दै’, ‘गुँराश फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ जस्ता गीत निकै चर्चित छन् ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ । सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...

